नियम १७
आवासीय सुविधा सहितको शिक्षा उपलब्ध गराउने
: (१) नेपाल सरकारले पूर्ण अशक्त तथा अति अशक्त अपाङ्गताको कारणले आफैं विद्यालय जान आउन कठिन हुने र विपन्न तथा असहाय अपाङ्गता भएका बालबालिकाको लागि पहुँचयुक्त आवास सुविधा सहितको शिक्षाको व्यवस्था गर्नेछ ।
(२) नेपाल सरकारले बहिरा, दृष्टिविहीन र बौद्धिक अपाङ्गता भएका बालबालिकाको लागि पहुँचयुक्त आवास सहितको समावेशी शिक्षा र विशेष कक्षाको व्यवस्था गर्नेछ ।